हलिउडमा डेब्यू गर्दे नेपाली

पोखरा घर भई न्यूजिल्याण्ड बस्दै आएका दिपेस पराजुलीले हलिउड मुभीमा डेब्यू गर्ने भएका छन् । उनले हलिउडका चर्चित नायक टोम क्रुजको फिल्म ‘मिसन ईम्पोसिबल ६’मा एक गाउँलेको भुमिका निर्वाह गर्ने छन् ।

उक्त फिल्मको सुटिङ जुन १६ बाट सुरु हुने पराजुलीले बताएका छन् । पहिलो फिल्ममा नै चर्चित हलिउडका नायक टोम क्रुससँग खेल्न पाउँदा निकै नै खुशी रहेको उनले बताए ।

न्यूजिल्याण्डको एक शहरमा छायांकन हुन लागेको उक्त फिल्मको लागि कस्मेरी अनुहार भएको कलाकारको खोजिमा रहेको विज्ञापन देखेपछि आफ्नो तस्विर सहित दरखास्त दिएका पराजुलिले उक्त रोलका लागि छनोट भएको बताए ।

आगामी दिनमा पनि अवसर पाए अभिनय क्षेत्रमानै सक्रिय भएर लाग्ने उनले बताए ।

SHARE THIS CONTENT

Leave A Response