नितिनको नयाँ वेब सिरिज ‘बाजी’को गीत रिलिज (भिडियो)

काठमाण्डौ। चलचित्र ‘जोनी जेन्टलमेन’, सयौँ म्यूजिक भिडियोहरु तथा ‘हाम्रो हाईस्कूल’ र ‘रङ्ग टाईम’ जस्ता सुपरहिट वेब सिरिज निर्देशन गरेका नितिन चन्दले नयाँ वेब सिरिज ‘बाजी’ तयार पारेका छन् । हालै मात्र यो सिरिजको गीत र पोस्टर सार्वजनिक भएका छन् । सार्वजनिक गीतमा स्वचित शाक्यको शब्द, संगीत तथा स्वर रहेको छ ।

‘बाजी’ रोमान्टिक थ्रिलर जनरामा बनेको सम्भवत पहिलो नेपाली बेव सिरिज रहेको बताईएको छ । दुई साथीबीच भएको सामान्य चुनौतीले कसरी जीन्दगी नै बाजीमा पर्छ भन्ने मूख्य बिषय उठान भएको ‘बाजी’ प्रेम, द्वन्द्व तथा बदलाको कथामा बनेको निर्देशक चन्दले बताए ।

‘बाजी’मा वियोन्ड र निर्जला खनालको प्रमूख अभिनय रहेको छ । वियोन्ड नयाँ पुस्तामाझ चर्चित गायक, गीतकार तथा संगीतकार हुन् । उनका ‘आईदेउ न’, ‘लै लै’, ‘किच किच’, ‘ओ मैचा’ लगाएतका गीतहरु यूट्युबमा निकै चर्चित छन् । निर्जला चर्चित आरजे हुन् । वियोन्ड र निर्जलाले ‘पर्खाई’ नामक लघु चलचित्रमा अभिनय गरिसकेका छन् । उक्त चलचित्रमा यो जोडीलाई रुचाईएको थियो ।

यो सिरिज जेठ २ गते देखी प्रत्येक बिहिवार योर स्टाईलको यूट्युब च्यानल मार्फत प्रसारण हुने बताईएको छ । योर स्टाइल र सिनेमाघर एपको सहकार्यमा बनेको यो सिरिज आठ श्रृंखला सम्म प्रसारण हुनेछ । योर स्टाइल र सिनेमाघरले आगामी दिनमा पनि यसैगरी सहकार्य गरेर वेब सिरिज बनाउने सिनेमाघर एपका कार्यकारी सागर खरेलले बताए ।

भिडियो :-

SHARE THIS CONTENT

Leave A Response