‘आप्पा’ गीतमा दयाहाङको फरक लुक्स (भिडियो)

अभिनेता दयाहाङ राईको प्रमुख भूमिका रहेको चलचित्र ‘आप्पा’ को नयाँ गीत ‘अमला’ युट्युब रिलिज भएको छ । गीतमा मेलिना राई र एसडी योगीको स्वर छ । हर्क साउदको शब्द समावेश गीतमा एसडी योगी र सुशान्त गौतमको संगीत सुन्न सकिन्छ ।

गीतको भिडियोको निर्देशन रेनाशा वान्तवा राईले गरेकी हुन् । भने, किरण थापा, बुद्ध लामा र सुरैन राईले कोरियोग्राफी छ । रवी न्यौपानेले छायांकन गरेको गीतमा निमेष श्रेष्ठको सम्पादन छ । गीतसँगै निर्माण टिमले नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । अब यो चलचित्र असार १३ गतेबाट प्रदर्शनमा आउनेछ ।

गीतको भिडियोमा दयाहाङलगायतका कलाकार फिचर्ड छन् । गीतमा उनी फरक लुक्समा प्रस्तुत छन् । चलचित्रमा उनले एक छोराको पिताको भूमिका निभाएका छन् । बाबु-छोराको सम्बन्धको कथामा निर्माण भएको चलचित्रलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । यो अनमोलको डेब्यु निर्देशकिय चलचित्र हो ।


अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता हुन् । ‘आप्पा’ मा रुदेन सादा लेप्चाको लगानी रहेको छ । चलचित्रमा दयाहाङका अलावा सिद्धान्त राज तामाङ, अल्लोना काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्कीलगायतका कलाकारको अभिनय छ ।

‘आप्पा’ मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि. कार्कीको छायांकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन फिल्ममा रहेको छ । चलचित्रको अधिकांश छायांकन भारतको कालेबुङमा भएको हो ।

गीत हेर्नुहोस् :-

SHARE THIS CONTENT

Leave A Response