जेठबाट सरेर साउनमा पुग्यो ‘साइनो’

नेपालकी प्रथम नायिका भुवन चन्द थापाले निर्माण गरेको चलचित्र ‘साइनो’ को प्रदर्शन मिति हेरफेर भएको छ । यो चलचित्र जेठ १० गतेबाट पोस्टपोन्ड भएर साउन २४ मा पुगेको छ । डबिङ, कलरिङ र मिक्सिङ नसकिने भएकाले चलचित्रको रिलिज सार्नु परेको निर्माण टिमले जनाएको छ ।

यो चलचित्रको ‘मायालुलाई जात्रैमा भेटियो’ गीत सार्वजनिक भइसकेको छ । यसका निर्देशक रमेश थापा हुन् । त्रिकोणात्मक प्रेमकथामा आधारित भएर बनेको चलचित्रको कार्यकारी निर्मातामा शरण थापा छन् । अभिमन्यू ‘निरवी’ ले फिल्मको कथा तयार पारेका हुन् ।


निर्देशक थापाले ‘साइनो’ मा लभस्टोरीसँगै देशमा प्रमुख समस्याको रुपमा रहेका विषयलाई उठाइएको बताए । यसमा नीता ढुंगाना, मिरुना मगर, राज कुमार, भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, बसुन्धरा भुषाल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनालीलगायतका कलाकारहरुको अभिनय छ ।

चलचित्ररामेश्वर कार्कीले खिचेका हुन् । बनिश शाहको काँधमा सम्पादनको जिम्मेवारी छ । फिल्ममा रोशन विक्रम भट्टराईको द्वन्द्व रहेको छ । दशक अगाडिको सुपरहिट चलचित्र ‘साइनो’ नाम सापटी लिएर यो चलचित्र निर्माण भएको हो । काठमाडौं, काभ्रे, रसुवा, नुवाकोटलगायतका स्थानमा खिचिएको यस चलचित्रका गीतमा बसन्त सापकोटाले संगीत भरेका छन् ।

SHARE THIS CONTENT

Leave A Response