महिलालाई सुन्दर बन्न अत्यावश्यक : वर्षा

जेठ ३ गतेबाट देशभर प्रदर्शनका लागि तयार रहेको चलचित्र ‘बीर विक्रम २’ की अभिनेत्री वर्षा सिवाकोटीले लगनखेलमा सञ्चालनमा आएको मायाज् ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर को नयाँ शाखाको उद्घाटन गरेकी छन् । एक दशकदेखि सौन्दर्य व्यवसायमा आबद्ध गीता गिरिले यस ब्युटी पार्लर सञ्चालनमा ल्याएकी हुन् ।


पार्लरको रिवन काटेर उद्घाटन गरेपछि अभिनेत्री सिवाकोटीले महिलाका लागि सौन्दर्य कला जान्नु र सुन्दर बन्न अत्यावश्यक रहेको बताइन् । उनी भन्छिन्, ‘हामी कलाकारितामा लाग्नेहरुका लागि त झन् मेकअप नभई हुँदैन ।’ उनले पार्लरको सफलताको शुभकामना पनि दिइन् । पार्लरले उनलाई एक वर्षका लागि सम्पूर्ण सौन्दर्य सुविधा निःशुल्क गरेको छ ।

सञ्चालिका गीताले अन्य कलाकारहरुका लागि पनि विशेष छुटको व्यवस्था गरिएको जानकारी दिइन् । ओपनिङको अवसरमा पार्लरले सम्पूर्ण सेवा सुविधामा ५० प्रतिशत छुट दिएको छ । भक्तपुर सुर्यविनायकमा मुख्य पार्लर रहेको ‘मायाज् ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर’ को नयाँ बानेश्वर र कलंकीमा समेत शाखा रहेको छ ।

SHARE THIS CONTENT

Leave A Response