‘कबड्डी कबड्डी कबड्डी’ घोषणा | दया, उपासना र कर्मा लिड रोलमा

सुपरहिट चलचित्र ‘कबड्डी’ को तेस्रो सिरिजमा अभिनेता द्वय दयाहाङ राई र कर्माले अभिनेत्री उपासना सिंह ठकुरीसँग रोमान्स गर्ने भएका छन् । ‘कबड्डी कबड्डी कबड्डी’ को सोमवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरिएको छ । यस वर्षको तिज वा दशैंको बीचमा जुनसुकै मितिमा प्रदर्शनमा आउने बताइएको चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गर्नेछन् ।

निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको कथामा चलचित्र बन्न लागेको हो । बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुन लागेको ‘कबड्डी’ को तेस्रो सिरिज स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा आधारित हुनेछ । निर्देशक रामबाबुका हरेक चलचित्र खिच्दै आएका शैलेन्द्र डि. कार्कीकै काँधमा यस चलचित्रको पनि छायांकनको जिम्मेवारी छ ।


सो चलचित्रमा अभिनेता अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ बाट सुखद डेब्यू गरेकी अभिनेत्री उपासना सिंह ठकुरीको लिड रोल रहनेछ । उनी आफू ‘कबड्डी’ सिरिजको सदस्य बन्न पाउँदा भाग्यमानी महशुस गरेको बताउँछिन् । यस चलचित्र अघिल्ला दुई सिरिजमा पनि प्रमुख भूमिकामा रहेका अभिनेता दयाहाङले फिल्मलाई उत्कृष्ट बनाउन आफ्नो टिमले इमान्दार प्रयास गर्ने बताए ।

चलचित्रमा दयाहाङ, कर्मा र उपासनाका अलावा रिश्मा गुरुङ, माओत्से गुरुङ, पुस्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, लुनिभा तुलाधर, विजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । जेठ ५ गतेबाट छायांकन सुरु हुने ‘कबड्डी कबड्डी कबड्डी’ का एक्टिङ कोच अनुप बराल हुन् । निमेश श्रेष्ठले चलचित्र सम्पादन गर्नेछन् ।


यस चलचित्रमा मणीराम पोखरेल, अर्जुन कार्की, ओमचन्द्र रौनियार निर्माता रहेका छन् । भने, रुदेना साडा लेप्चा सह निर्माताको रुपमा छन् । यसमा रोहित शाक्यको पाश्र्व संगीत रहनेछ । चलचित्रमा सुलभ पहारी, याम भण्डारी, किरण लिम्बु सहायक निर्देशक र सिजन दाहाल, क्रिस लामा मुख्य सहायक निर्देशकको रुपमा छन् । कला निर्देशकमा सुरेश कार्की र मधुसुदन कार्की छन् ।

SHARE THIS CONTENT

Leave A Response