प्रवेगको ‘ए मेरी दिलकी रानी’ सार्वजनिक (भिडियो)

प्रवेग लामाको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक ‘ए मेरी दिलकी रानी’ बोलको भिडियोलाइ दिल कुमार राणाले निर्माण गरेका हुन् ।

सार्वजनिक गीतमा बिष्णु काउचाको शब्द तथा कृष्ण काउचाको संगीत रहेको छ ।

रोमान्टिक तथा डान्सिङ्ग नम्बरको भिडियोमा सपना रोका र कृष्ण काउचालाइ फिचर्ड गरिएको छ । सन्जय काउचाले निर्देशन गरेको भिडियोलाई बिरेन्द्र भट्टले छायांकन गरेका हुन् ।

अनिल राणाले सम्पादन गरेको भिडियोमा अरुण बरुणले सह छायाँकारको कार्य गरेका छन् ।

भिडियो :-

SHARE THIS CONTENT

Leave A Response