रामकृष्णको ‘तिम्रो महल’ मा दिपेन र जुनाको रोमान्स (भिडियो)

लोकप्रिय गायक रामकृष्ण ढकालको नयाँ गीत ‘तिम्रो महल’ को भिडियो सार्वजनिक भएको छ । माधव ढकालको शब्द र गैरे सुरेशको सुमधुर संगीतले सजिएको गीतको भिडियोमा दिपेन गौतम र जुना सुन्दासको अभिनय रहेको छ ।

भिडियोको निर्देशन युवराज वाइवाले गरेका हुन् । गीतका रचनाकार ढकाल निजामती सेवाका उपसचिव समेत हुन् । यसअघि ढकालको ‘तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ’ बोलको गीत बहुचर्चित बनेको थियो ।

५ सय भन्दा बढी गीतमा संगीत भरिसकेका संगीतकार गैरे भने पछिल्लो समयका व्यस्त संगीतकार मानिन्छन् । गीत ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो :-

SHARE THIS CONTENT

Leave A Response