मोडल चौहानको समाजसेवा

काठमाण्डौ। मोडल निशान चौहानले ३८ जना वृद्द-वृद्दालाई राशन तथा आर्थिक सहयोग गरेका छन् । उनले काठमाण्डौमा रहेको निसहाय सेवा सदनमा रहेका वृद्द-वृद्दालाई सहयोग प्रदान गरेका हुन् ।

वृद्द व्यक्तित्वहरुलाई सेवा गर्ने आफ्नो इच्छा अनुसार निसहाय सेवा सदनमा सहयोग गरेको चौहानले बताए । उनि ‘म्यानहन्ट नेपाल २०१६’का मिष्टर पर्सनालिटी तथा ‘टप मोडल नेपाल २०१८’ विजेता हुन् । साथै उनि लण्डनमा भएको ‘टप मोडल वर्ल्डवाइड २०१८’को टप टेनमा पुग्न सफल भएका थिए ।

उनले सन् २०१६ बाट मोडलिङ्ग सुरु गरेका थिए । उनले कलर्स मोबाईल, डाबर नेपाल, एसआर स्टील तथा यूएसएड नेपालको परिवार योजनाको विज्ञापन लगायत अन्य थुप्रै टेलिभिजन विज्ञापनमा समेत अभिनय गरिसकेका छन् ।

SHARE THIS CONTENT

Leave A Response