मोहन राईको ‘मायाको खेल’ मा प्रियंका र आयुष्मान (भिडियो)

काठमाडौँ । गायक मोहन राईको ‘मायाको खेल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । दीपेन्द्रनाथ शर्माको शब्द र कन्काइस्ट राईको संगीत रहेको गीतको भिडियोलाई राजेन्द्र महर्जनले निर्देशन गरेका हुन् ।

निर्देशक महर्जनले भिडियोमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी र डिजन भट्टराईलाई अभिनय गराएका छन् । जेसिका राई निर्माता रहेको भिडियो हाइलाइट्स नेपालले सार्वजनिक गरेको हो ।

यो गीत आफ्नो ‘मायाको खेल’ एल्बममा संग्रहित रहेको गायक राईले बताएका छन । उनले यसअघि ‘कस्तो सपना’ गीति एल्बम बजारमा ल्याएका थिए ।

भिडियो :-

SHARE THIS CONTENT

Leave A Response