‘गलबन्दी’ विवाद टुंगियो, प्रकाश र राईबीच लिखित सहमति

पछिल्लो समय निकै लोकप्रियसँगै विवादितमा परेको गायक ‘गलबन्दी’ गीतका प्रकाश सपुत र शम्भु राईबीच लिखित सहमति भएको छ । गीतमा संगीतकारका रुपमा शम्भु राईको नाम राख्ने सहमति भएको छ । सहमति अनुसार प्रकाश सपुतको नाम पनि संगीतकारकै रुपमा रहनेछ ।

‘गलबन्दीुले प्राप्त गर्ने आर्थिक लाभ र रोयल्टीमा भने शम्भु राईको हकदाबी नहुने समेत सहमतिपत्रमा उल्लेख गरिएको छ । राई र सपुत दुबैले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा राईले विभिन्न निकायमा दिएका उजुरी फिर्ता लिने सहमति समेत भएको उल्लेख छ ।

‘गलबन्दी’ गीत सार्वजनिक भएपछि राईको ‘आऊ नाचौं साथी हो’ बोलको देउसीभैलो गीतसँग मिलेको भन्दै सदनदेखि सामाजिक सञ्जालसम्म चर्चा हुन थालेको थियो । पछि राईले पनि आफ्नो गीतको लय चोरी भएको बताएका थिए । दुबैपक्षले बुधबार एक सहमति पत्रमा हस्ताक्षर गर्दै विवाद टुंग्याएका हुन् ।

SHARE THIS CONTENT

Leave A Response