भजनशिरोमणीलाई ‘धौलागिरी राष्ट्रीय संगीत सम्मान’

काठमाण्डौ। भजनशिरोमणी सुर सम्राट भक्तराज आचार्यलाई ‘धौलागिरी राष्ट्रीय संगीत सम्मान’ प्रदान गरिएको छ । भजनशिरोमणीको प्रतिनिधिको रुपमा छोरा स्वरुपराज आचार्यले सम्मान ग्रहण गरे । यसैबीच पश्चिम नेपालको धौलागिरी क्षेत्रबाट लामो समय देखि नेपाली गीत सङ्गीतमा रही योगदान पुर्‍याएका कलाकारहरु सम्मानित भएका छन् । धौलागिरी सांस्कृतिक समिति काठमाडौ नेपालले शनिवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी श्रष्टा सम्मान गरेको हो ।

‘श्रष्टा, सम्मान र समय हाम्रा आधार हुन्’ भन्ने मुल नाराका साथ समितिले हाँस्यकलाकार कलाकार मदन कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता तथा सङ्गीतकार शम्भुजित बास्कोटाको बिशेष आतिथ्यतामा ‘धौलागिरी साधना सम्मान’बाट गायक जीवन शर्मा, खड्ग गर्बुजा र बिमलराज क्षेत्रीलाई सम्मानित गरेको छ भने ‘धौलागिरी युवा सम्मान’बाट हुचर्चित गीत सालको पातको तपरी हुनि गीतका लागि गायक कुलेन्द्र बिश्वकर्मा,सङ्गीतकार वसन्त थापा र गीतकार नबराज पन्त लाई सम्मानित गरेको छ ।

गण्डकी सभ्यता बचाउ महाअभियानमा समेत सकारत्मक प्रभाव पार्ने उद्देश्यका साथ गरिएको उक्त कार्यक्रममा सम्मान सँगै राष्ट्रिय कलाकारहरुको प्रस्तुती समेत रहेको थियो । कार्यक्रममा धान दिवसको पूर्व सन्ध्यामा उपस्थित हुने सबैलाई दहि चिउरा खुवाएको थियो ।

यो कार्यक्रम हरेक बर्ष गरिने समितीका अध्यक्ष कृष्ण समीप सुवेदीले बताए ।

SHARE THIS CONTENT

Leave A Response