वर्षाको ‘पछि पछि’ पुष्प (भिडियो)

पदम राई र मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘पछि पछि’ बोलको गीतमा शब्द तथा संगीत दीपक शर्माको रहेको छ । रिकेश गुरुङको संगीत संयोजन रहेको गीत रोमान्टिक शैलीमा बनाइएको छ ।

सुब्रतराज आचार्यले निर्देशन गरेको भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् । भने, विकाश ज्ञवालीले सम्पादन गरेका छन् । गम्भीर बिस्टले कोरियोग्राफी गरेको भिडियोमा पुष्प खड्का, वर्षा राउत, गायक पदम राई र गायिका मेलिना राईलाई फिचर्ड गरिएको छ ।

खोटाङ पुर्खौली घर भएका पदमको जन्म थलो ताप्लेजुङमा भएकोे हो । मेची अञ्चल स्तरीय गायन प्रतियोगितामा टप फाइभ बनेका उनले ताप्लेजुङ आइडलमा प्रथम बनेका थिए । उनले २ वटा सोलो एल्बम सार्वजनिक गरी सकेका छन् । ३ दर्जनभन्दा बढी गीतमा स्वर भरिसकेका उनी सांगीतिक क्षेत्रमा निरन्तर लाग्ने योजनामा छन् ।

भिडियो :-

SHARE THIS CONTENT

Leave A Response