कोमलको गीतमा दिदीबहिनीको प्रेम (भिडियो)

काठमान्डौ। २०७६ को हरितालिका तीज लक्षित गरेर गायिका कोमल वलीले गीत बजारमा ल्याएकी छिन् । कहिले बिहेको त कहिले राजनीतिक घोचपेचको गीत गाउने कोमलले यो पटक भने दिदी बहिनीको प्रेममा गीत गाएकी छन् ।

‘छड्के तिलहरी’ बोलको गीतमा कोमलको आफ्नै बहिनी प्रज्ञा शरदसँगको प्रेम पोखिएको छ । दुबै दिदी बहिनी भिडियोमा फिचर्ड छन् । गीतमा शब्द संगीत एकनारायण भण्डारीको छ । गीतको भिडियोलाई भने पवित्रा आचार्यले निर्देशन गरेकी छिन् ।

अभिनयदेखि कोरियोग्राफी र भिडियो निर्देशनमा आफुलाई अब्बल बनाउँदै लगेकी पवित्राले हरेक बर्ष एक न एक तीज गीत पनि निकाल्दै आएकी छिन् । गत बर्ष अभिनेत्री करिश्मा मानन्धरलाई नचाएकी पवित्राले तीज गीतमा प्रायतः कोमलसँग साझेदारी गर्दैआएकी छिन् ।

भिडियोका छायाँकार रामेश्वर कार्की हुन् भने सम्पादन सुप्रिम पराजुलीको छ ।

गीत हेर्नुहोस्:

SHARE THIS CONTENT

Leave A Response