प्रेम र एक्सन मिश्रित ‘एकलव्य’ ट्रेलर (भिडियो)

आगामी साउन १० गतेलाई प्रदर्शन मिति घोषणा गरिएको अनमोल शर्मा निर्देशित चलचित्र ‘एकलव्य’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर एक्सनले भरिपूर्ण छ । चलचित्रको ट्रेलरमा गुण्डागर्दी, अपहरण, हत्या, भ्रष्टाचारजस्ता अहिलेका जल्दाबल्दा समस्या प्रस्तुत गरिएको छ । प्रेम र रोमान्सलाई पनि विशेष स्थान दिइएको छ ।

निर्देशक शर्माका अनुसार ‘एकलव्य’ समसामयिक बिषयमा निर्माण गरिएको सामाजिक प्रेम कथामा आधारित चलचित्र हो । दर्जनभन्दा बढी चलचित्रमा मुख्य सहायक निर्देशक भएर काम गरिसकेका शर्माको यो डेब्यु निर्देशन हो । चलचित्रमा अभिनेता द्वय सोनाम थापा मगर र पुष्कर राउतको एक्सन शसक्त रहेको निर्माण टिमले बताएको छ ।

यो चलचित्रमा सोनम थापामगर, पुष्कर राउत, ओसिन भट्टराई, महिला सिलवाल, शुशिल पोखरेल, सुष्मा कार्की, राजेन्द्र दुलाल, बिराग लोगुनसहितको अभिनय रहेको छ । ‘एकलव्य’ लाई राजेन्द्र दुलाल, सोनाम थापामगर र अभी थापामगरले निर्माण गरेका हुन् । कृष्ण श्रेष्ठको छायांकन रहेको चलचित्रमा अर्जुन जिसीको सम्पादन छ ।

कविराज गहतराज र रामजी लामिछोनेको कोरियोग्राफी रहेको चलचित्रमा भोजराज देवकोटाको पटकथा तथा संवाद छ । चलचित्रका गीतमा राजेन्द्र बजगाईंले संगीत भरेका छन् । गएको दुई साताअघि यो चलचित्रको ‘पूर्वै चल्नेया रेल…’ गीत रिलिज गरिएको थियो । रामचन्द्र काफ्ले र जुनु रिजालको स्वरमा रहेको लोक शैलीको गीतलाई दर्शकले निकै रुचाएका छन् ।

ट्रेलर हेर्नुहोस् :-

SHARE THIS CONTENT

Leave A Response