असोज २४ मा ‘गीत गजल’, पोस्टरमा रुप र आरोहीको प्रेम

चलचित्र ‘जोनी जेन्टलम्यान’ पछि निर्देशक नीतिन चन्दको निर्देशनमा बनेको दोस्रो चलचित्र ‘गीत गजल’ को असोज २४ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै अफिसियल पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा चलचित्रका प्रमुख अभिनेता रुप पोखरेल र अभिनेत्री आरोही सिंहलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ ।

आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनालीलगायतका कलाकारको पनि अभिनय रहेको छ । निर्देशक चन्दले आफूले चलचित्रलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नछाडेको बताएका छन् । चलचित्रको एक गीत भारतको गोवामा खिचिएको छ ।

चलचित्रमा अस्मित पोखरेलको कथा, पटकथा तथा संवाद, बाबु श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, उत्तम बनेपाली र तेन्जीन भुटियाको ड्रेस डिजाइन, सुदीप कुँवरको मुख्य सहायक निर्देशन, अर्जुन जिसीको सम्पादन रहेको छ । यो फिल्म रुप र आरोहीको डेब्यू हो । दुबै फिल्मलाई लिएर निकै उत्साहित छन् । चलचित्रको पहिलो गीत यही शुक्रबार रिलिज हुँदैछ ।

SHARE THIS CONTENT

Leave A Response