कोसिस र केकीको ‘रातो गलबन्दी’ गीत रिलिज (भिडियो)

साउन १७ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको अभिनेत्री केकी अधिकारी र अभिनेता कोसिस क्षेत्री अभिनीत चलचित्र ‘रातो गलबन्दी’ को शीर्ष गीत सार्वजनिक भएको छ । फस्टलुक पोस्टरसँगै सार्वजनिक गरिएको गीतमा राजेश पायल राई र श्रेया राईको स्वर छ । लोकराज अधिकारीले लेखेको लोक शैलीको गीतमा संगीत बिनोद खुम्बुले भरेका छन् ।

गोविन्द राईको कोरियोग्राफी रहेको गीतको भिडियोमा केकी र कोसिस फिचर्ड छन् । गीतमा दुईको केमेस्ट्री सुहाएको देखिन्छ । तर, गीतको अडियो र भिडियो दुबै कमजोर छ । चलचित्र ‘रातो गलबन्दी’ साउन १७ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । अनिश थापाले चलचित्रको निर्देशन गरेका हुन् । उनको यो डेब्यू निर्देशित चलचित्र हो । बुद्धि तामाङको पनि अभिनय रहेको चलचित्रको कथा किरण माइकलले लेखेका हुन् ।

मनिसमा फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा हिमाल कडरियाको कथा छ । यसमा बासुदेव घिमिरे, अमृता मगैराम र कृष्ण घिमिरे सह-निर्माता तथा प्रकाश दुलाल कार्यकारी निर्माता छन् । निर्देशक थापा ‘रातो गलबन्दी’ भरपुर मनोरञ्जनका साथै सामाजीक सन्देशयुक्त चलचित्र भएको बताउँछन् । सुमन तामाङले फिल्म खिचेका हुन् । पूर्वका विभिन्न स्थानमा चलचित्र खिचिएको हो ।

गीत हेर्नुहोस् :-

SHARE THIS CONTENT

Leave A Response