फर्स्टलुकसँगै ‘माछा माछा’ को प्रदर्शन मिति घोषणा

कात्तिक २९ गतेबाट चलचित्र ‘माछा माछा’ प्रदर्शनमा आउने भएको छ । मंगलबार प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले फर्स्टलुक पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमार्फत् चलचित्रका प्रमुख कलाकारहरुको चरित्र चित्रण गरिएको छ ।

सौगात मल्ल, विजय बराल र अनोज पाण्डे, माओत्से गुरुङ र अभिनेत्री नम्रता श्रेष्ठलाई पनि पोस्टरमा विशेष स्थान दिइएको छ । यो चलचित्रले तीन जना गाउँले युवकहरुले शहरिया जीवन स्थापित गर्न लागिपरेको संघर्ष कथा भन्छ ।


चलचित्रका लेखक तथा निर्देशक सुनिल गुरुङ हुन् । मणिराम पोखरेल कार्यकारी निर्माता रहेको चलचित्रमा प्रवीण खतिवडा, पुस्कर गुरुङ, कमलमणि नेपाल, भोलाराज सापकोटा, सरिता गिरी, धुर्व कोइराला, बसन्त भट्ट लगायतका कलाकारको पनि अभिनय छ ।

सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्मित ‘माछा माछा’ मा रामबाबु गुरुङ र दयाहाङ राईको लगानी छ । चलचित्रको सह-निर्मातामा ओमचन्द्र रौनियार र अर्जुन कार्की छन् ।

चलचित्रमा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन, शिवराम श्रेष्ठको छायाँकन र निर्देशक गुरुङको लेखन छ । सार्वजनिक पोस्टरले दर्शकमा चलचित्रप्रति कौतुहलता बढाउने देखिन्छ ।

SHARE THIS CONTENT

Leave A Response