जनजाति फिल्म अवार्डको घोषणा

हुकुम मल्टिमिडियाले जनजाति चलचित्रको विकास र विस्तारका लागि पहिलो पटक ‘ज्योमो ग्याङ फिल्म एन्ड म्युजिक अवार्ड’ गर्ने भएको छ । भदौ ७ गते थाइल्यान्डको पटायामा हुने कार्यक्रममा फिल्म र म्युजिक भिडियोलाई अवार्ड प्रदान गरिनेछ ।

यो अवार्डको बारेमा सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । हुकुम मल्टिमिडिया अध्यक्ष डीबी बम्जनले ०७३ सालदेखि ०७५ सालसम्म निर्माण भएका चलचित्र र म्युजिक भिडियोले अवार्डमा प्रतिस्पर्धा गर्न पाउने बताए ।


चलचित्रतर्फ कूल १६ र संगीततर्फ ११ विधा राखिएको छ । ०७३ देखि ०७५ सम्म निर्माण भएका कूल ६३ फिल्मबाट उत्कृष्ट पाँच मनोनयन गरिने अध्यक्ष बम्जनले जनाए । कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले जनजाति चलचित्रको अन्तराष्ट्रियकरण र बजार अभिवृद्धिका लागि अवार्ड कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरे ।

त्यस्तै, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जनजाति चलचित्रलाई विश्व बजारमा पुर्‍याउन ‘जनजाति फिल्म अवार्ड’ ले ठूलो भूमिका खेल्ने बताए । उनले गएको केही वर्षदेखि हुन नसकेको प्राविधिक संघले गर्ने नेफ्टा अवार्डको मिति समेत घोषणा गरे । उनका अनुसार, आगामी दशैंदेखि तिहारभित्र विदेशमै अवार्ड हुनेछ ।

SHARE THIS CONTENT

Leave A Response