रिशुको ‘हाम्रो कथा’ मा दिक्पाल र अन्जुको प्रेम र विछोड (भिडियो)

रिशु रौनियारको आवाजमा रहेको ‘हाम्रो कथा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा अभिनेता तथा मोडल दिक्पाल कार्की र अन्जु चौलागाईं फिचर्ड छन् । दुईको प्रेम जीवनमा आउने उचारचढावलाई गीतमा प्रस्तुत गरिएको छ ।

यो गीतमा गायक रौनियारकै शब्द संगीत रहेको छ । भने, संगीत संयोजन सञ्जिव बराइलीको रहेको छ । अजय रेग्मीले खिचेको म्युजिक भिडियोलाई कान्ती केसीले सम्पादन गरेका छन् ।

यो म्युजिक भिडियोलाई कान्ती केसीले निर्देशन गरेका हुन् । गीत र भिडियोको मिक्सिङ्ग र मास्टरिङ्ग ड्रिम्स स्टुडियोका लागि प्रकाश केसीले गरेका हुन् । रिशु रौनियारले गीतको भिडियो निर्माण गरेका हुन् ।

भिडियो :-

SHARE THIS CONTENT

Leave A Response