नीताको ‘सोच’ ट्रेलर सार्वजनिक (भिडियो)

भाद्र २० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको लभस्टोरी-एक्सन चलचित्र ‘सोच’ को एक्सनले भरिएको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अभिनेत्री नीता ढुंगानालाई प्राप्त गर्न अभिनेता प्रज्वल गिरी र नव-नायक पुजन सिंहबीचको द्वन्द्व देखाइएको छ ।

चलचित्रलाई पुजन सिंह (प्रभाकर प्रकाश) ले निर्देशन गरेका हुन् । पुजनकै कथा रहेको चलचित्रको निर्मातामा गंगा रजक र एसडी रहेका छन् । सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्मित चलचित्रलाई बिदुर पाण्डेले खिचेका हुन् । चलचित्रमा कृष्ण आचार्यको पटकथा तथा संवाद छ ।

एनवी महर्जनको द्वन्द्व, रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी, डिजे एलएक्सको संगीत र प्रितम पाण्डेको सम्पादन रहेको चलचित्रमा उत्तम केसी, विशाल पहाडी, सोनीका, किरण थापा, रितेश श्रेष्ठलगायतका कलाकारको समेत अभिनय छ । चलचित्र भरपुर मनोरञ्जक बनेको निर्देशक पुजन बताउँछन् ।

ट्रेलर हेर्नुहोस् :-

SHARE THIS CONTENT

Leave A Response