सलमानको भरमा सुरज

बलिउडमा सलमान खानको भरमा डेब्यु गरेका अभिनेता हुन्, सुरज पञ्चोली । उनले अभिनय गरेको चलचित्र ‘हिरोले’ बक्स अफिसमा गतिलो व्यापार गर्न सकेको थिएन ।

त्यसपछि भने उनी एकपछि अर्को विवादमा परे । उनकी प्रेमिका जिया खानले आत्महत्या गरेपछि उनको करिअर नै धरापमा पर्न गयो । यसपछि उनलाई कुनै चलचित्रबाट अफर भएको छैन ।

अझै पनि उनी सलमान खानको भर परेका छन् । सलमानले कुनै चलचित्र अफर गरेमा उनी आफ्नो करिअरमा अर्को सफलता प्राप्त गर्ने सुरजको विश्वास छ । तर, सलमान उनलाई फेरि चलचित्रमा लिने सोचमा छैनन् ।

SHARE THIS CONTENT

Leave A Response