जब आँचलको प्रेम ‘एक कान दुई कान मैदान’ भयो …(भिडियो)

काठमाण्डौ। गायक आशिष सचिन गौतम र मेलिना राईको ‘एकान दुई कान मैदान’ बोलको गीत सार्वजनिक भएको छ । भद्रगोलका काकु अर्थात दीपक आचार्यको निर्देशन तथा गम्भिर बिष्टको कोरियोग्राफी रहेको गीतमा गायक आशिषसँगै सरोज खनाल अभिनेत्री आँचल शर्मा, सरोज अधिकारी, आश्मा विश्वकर्मा, पवन माकुरीको अभिनय रहेको छ ।

हिमान्शु रायमाझीको शब्द रहेको गीतमा भिम विसीको संगीत रहेको छ । गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने जीवन थापाले सम्पादन गरेका छन् । भिडियो फिल्मी शैलीमा तयार भएको छ । महंगा कलाकारहरु भेला पारेर तयार पारेका गीत भन्दै खर्च कति गर्नु भयो भन्ने पत्रकारहरुको जिज्ञासाको जवाफ दिदै गायक आशिष सचिनले आफूले बजेट भन्दा पनि राम्रो म्युजिक भिडियो उत्पादनमा आवश्यक खर्च गरेको बताए ।

भिडियो:

SHARE THIS CONTENT

Leave A Response