भाइरल भैदियोका मानस राजले ल्याए ‘हिरो’ (भिडियो)

काठमाण्डौ। करिब दुई वर्षअघि गायक मानस राजले एउटा गीत सार्वजनिक गरे, जसको शीर्षक थियो, भाइरल भैदियो । उक्त गीतको भिडियो हालसम्म करिब तीन करोड पटक हेरिएको छ । फरक शैलीको उक्त गीत तथा पृथक शैलीको म्युजिक भिडियोका कारण उक्त गीत र म्युजिक भिडियो नै लोकप्रिय भयो । भिडियामा बाल नृत्यांगना दीक्षा ठकुरीदेखि सबिन कार्कीसम्मको आकर्षक नृत्यले दर्शकलाई लोभ्याएको थियो ।

पृथक शैलीको पहिलो गीतका कारण नै सांगीतिक क्षेत्रमा स्थापित भएका गायक मानस राज यतिबेला पुनः त्यस्तै शैलीको गीत तथा म्युजिक भिडियो लिएर दर्शकमाझ आएका छन् । ‘मै हुँ हिरो….’ शीर्षकको उक्त गीतमा गायक मानस राजकै शब्द, संगीत तथा स्वर सुन्न सकिन्छ । यो गीतको म्युजिक भिडियोलाई पनि गायक मानस राजले नै निर्देशन गरेका हुन् । भिडियोमा भाइरल भैदियो गीतको भिडियोकै बाल नृत्यांगना दीक्षा ठकुरीले आकर्षक नृत्य गरेकी छिन् भने बुगीउगीका टप टेन फाइनालिष्ट शुभम भुजेलले पनि उत्कृष्ट नृत्य प्रस्तुत गरेका छन् । भिडियोमा भने शुभम भुजेलको कोरियोग्राफी छ । ज्ञानेन्द्र शर्माले छायांकन गरिएको उक्त भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

‘मैं हुँ हिरो’ को कभर भिडियो कन्टेष्ट
यसैबचि गायक मानस राजले ‘मैं हुँ हिरो…’ गीतको म्युजिक भिडियो सार्वजनिक गरे लगत्तै यसको कभर भिडियो कन्टेष्ट पनि घोषणा गरेका छन् ।

त्यसका लागि सहभागि युवा–युवतीहरुले उत्तः गीतमा आधारित कभर भिडियो बनाएर आफ्नै यूट्युब च्यानलमा अपलोड गर्नु पर्नेछ भने उक्त भिडियोको लिंक गायकलाई इमेल गर्नु पर्नेछ । अक्टोबर ३०, २०१९ सम्म सञ्चालन हुने यो कन्टेष्टका विजेताले गायक मानस राजको आगामी म्युजिक भिडियोमा फिचर हुने मौका पाउने छ । यो प्रतियोगिताको नजिता डिसेम्बर ३०, २०१९ का दिन सार्वजनिक गरिने गायक मानस राजले बताएका छन् ।

कभर भिडियोको लिंक [email protected] मा पठाउनु पर्नेछ ।

भिडियो:

SHARE THIS CONTENT

Leave A Response