‘सम्हाली राख है’ को फस्टलुक पोस्टर सार्वजनिक

अभिनेता शित्तल केसीको प्रमुख भूमिका रहेको चलचित्र ‘सम्हाली राख है’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरले फिल्म एक्सन र रोमान्सले भरिपूर्ण रहेको प्रस्ट्याउँछ । तारा शंकर फिल्मस् प्रालीको ब्यानरमा शंकर कार्कीको प्रस्तुति रहेको फिल्मलाई हरिकृष्ण महर्जनले निर्माण गरेका हुन् । फिल्मको सह-निर्मातामा श्यामकृष्ण महर्जन छन् ।

आरएल मोक्तान निर्देशित चलचित्रमा अर्जुन कुँवर, शितल केसी, राजेन्द्र गोपाली, आरोही बस्नेत, स्नेहशा कार्की, अन्जना खत्री, शंकर कार्कीलगायत कलाकारको अभिनय छ । चलचित्रमा बिक्रम कार्कीको कथा, ग्रिस रिजालको सम्पादन, देव महर्जनको एक्सन, जनक कार्की र राजेश शाहीको नृत्य, राजेश श्रेष्ठ र दीपक रमणको संगीत समेटिएको छ ।

शंकर अधिकारी घायल र दीपक रमणको शब्द रहेको गीत हिमाल सागर, अनु चौधरी र नित्या शिवाले गाएका छन् । हाल धमाधम डबिङ भइरहेको चलचित्र दशैं र तिहारको बीचमा प्रदर्शनमा आउने निर्माता हरिकृष्ण महर्जनले जानकारी दिए । युवायुवतीमा अहिले मौलाएको प्रेमकथालाई चलचित्रमा आकर्षक ढंगले देखाइएको निर्देशक मोक्तान बताउँछन् ।

SHARE THIS CONTENT

Leave A Response