रघुले घोषणा गरे ‘मन परेसी पर्‍यो पर्‍यो’

गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘वीराङ्गना’ का प्रस्तुतकर्ता रघु परियारले नयाँ चलचित्रको घोषणा गरेका छन् । शनिबार आफ्नो जन्मदिन मनाउँदै उनले ‘मन परेसी पर्‍यो पर्‍यो’ नाममा चलचित्र बनाउने घोषणा गरेका हुन् । रुपेश थिङ तामाङले फिल्मको निर्देशन गर्नेछन् । चलचित्रको तिहारपछि छायांकन सुरु हुने बताइएको छ ।


यसअघि ‘जय शम्भु’ निर्देशन गरेका निर्देशक रुपेशले चलचित्रलाई उत्कृष्ट बनाउन कुनै कसर नछाड्ने बताएका छन् । प्राप्त जानकारी अनुसार, चलचित्रमा लिड अभिनेत्रीका लागि साम्राज्ञी आरएल शाहसँग कुरा गर्ने सोचमा निर्माण टिम छ । चलचित्रमा लभस्टोरीसँगै कमेडी र एक्सनको पनि समिश्रण रहने निर्माता परियारले जानकारी दिए ।

चलचित्रको कार्यकारी निर्माता चक्र पाख्रिन तामाङ छन् । कृष्ण परियार र रबिना थापा मगर निर्माता रहेको चलचित्रका कलाकारको टुंगो केही दिनमै लगाइने निर्देशक तामाङले बताए । फोर्थ आइज् मुभीज प्रालिको ब्यानरमा निर्माण हुने ‘मन परेसी पर्‍यो पर्‍यो’ यही बर्षको अन्त्यमा दर्शकमाझ ल्याउने निर्माण टिमको तयारी छ ।

SHARE THIS CONTENT

Leave A Response