‘कबड्डी कबड्डी कबड्डी’ को ‘माया पिरती’ गीत सार्वजनिक (भिडियो)

असोज ३ गतेबाट प्रदर्शनमा आउन तयारी अवस्थामा रहेको रामबाबु गुरुङ निर्देशत यस वर्षको बहुप्रतिक्षीत चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को तेस्रो गीत ‘माया पिरती’ सार्वजनिक भएको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री उपासना सिंह ठकुरी फिचर्ड रोमान्टिक गीतमा अहिलेका लोकप्रिय गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटाको गायन, संगीत र शब्द छ ।

गीतले दयाहाङ र उपासनाको प्रेमभाव बोल्छ । गीतको सुरुवातमा दुई एक गाडीको छतमा बसेर यात्रा गरिरहेका छन् । स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा वाचन गर्ने यो चलचित्रको यसअघि सार्वजनिक भएको गीतसंगीत र ट्रेलरले राम्रो चर्चा बटुलिसकेको छ । त्यसको फाइदा चलचित्रको व्यापारमा पुग्ने अपेक्षा गरिएको छ ।


निर्देशक निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले फिल्मको कथा तयार पारेका हुन् । शैलेन्द्र डि. कार्कीले खिचेको यो चलचित्र बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको हो । सुरेन्द्र पौडेल र निमेष श्रेष्ठले सम्पादन गरेको चलचित्रको निर्माता मणीराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियार हुन् ।

चलचित्रमा दयाहाङ र उपासनासँगै कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ । रेनशा वान्तवा राईको चलचित्रको गीतमा कोरियोग्राफी छ । ‘कबड्डी’ को दोस्रो श्रृंखला जहाँबाट अन्त्य भएको छ चलचित्र त्यहीँबाट सुरु हुने बताइएको छ ।

गीत हेर्नुहोस् :-

SHARE THIS CONTENT

Leave A Response