गृष्माले ‘नेपाल आइडल-३’का उत्कृष्ट तीन विजेतालाई विश्व भ्रमण गराउने

काठमाण्डौ। गृष्मा ब्रोडकास्टिङले नेपाल आइडलको सिजन तेस्रोको टप ३ लाई वर्ल्ड टुर गराउने अधिकार लिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गृष्मा ब्रोडकास्टिङको तर्फबाट गृहेन्द्र घिमिरे र एपिवान एचडीको तर्फबाट जिएम लक्ष्मी प्रसाद पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

योसँगै टप ३ को ग्राण्ड फिनाले समेत गृष्मा ब्रोडकास्टिङले गर्ने बताईएको छ । सम्झौता हस्ताक्षर पछि गृष्मा ब्रोडकास्टिङको तर्फबाट गृहेन्द्रले भने, ‘आफुलाई मन परेको , भोट गरेको नेपाल आइडललाई लाइभ हेर्ने इच्छा राख्नु भएका सम्पूर्ण दर्शक समक्ष हामी कार्यक्रम लिएर आउनेछौ । नेपाल आइडलको टप ३ को वर्ल्ड टुरसँगै एक वर्षसम्मको सम्पूर्ण दायित्व हाम्रो हुनेछ ।’

तेस्रो सिजनमा आइपुग्दा नेपाल आइडलको फिनालेसँगै टप ३ लाई गृष्मा ब्रोडकास्टिङलाई जिम्मा लगाउन पाउदा आफुहरु खुसि रहेको पौडेलले बताए । ‘हामीले गृहेन्द्रजीले गर्नु भएको कार्यक्रमलाई हेरेका छौँ, उहाँको कम्पनिले गरेको इभेन्टकै आधारमा हामीले हाम्रो लोकप्रिय शोको टप ३ लाई उहालाई जिम्मा लगाउने निर्णय लिएका हौ’, जिएम पौडेलले भने ।

गृष्मा ब्रोडकास्टिङले नेपालमा विभिन्न इभेन्ट गर्दै विदेशमा समेत इभेन्ट गर्दै आएको छ ।

SHARE THIS CONTENT

Leave A Response