बसन्त र सपनाको ‘देवीलाई रातो धजा छ’ (भिडियो)

बसन्त थापा र सपना थापाको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। विजया दशमीको पूर्व सन्ध्यामा सार्वजनिक गरिएको ‘देवीलाई रातो धजा छ’ बोलको गीतको भिडियोमा सुनिल क्षेत्री र माला लिम्बु फिचर्ड छन् ।

एक नारायण भण्डारीको शब्द तथा संगीत रहेको छ रहेको गीतको कोरियोग्राफी मोडल सुनिल स्वयंले गरेका हुन् । भिडियोमा नवराज उप्रेतीको छायांकन र विकास ज्ञवालीको सम्पादन छ । भिडियो आकर्षक बनेको छ ।

गीतलाई युट्युबमा सार्वजनिक भएसँगै दर्शकबाट निकै राम्रो प्रतिक्रिया मिलेको छ । गीततको कमेन्टमा अधिकांशले एक नारायण भण्डारीको शब्द तथा संगीतको प्रशंसा गरेका छन् भने गायक बसन्त र गायिका सपनाको स्वरलाई पनि मन पराइएको छ ।

भिडियो :-

SHARE THIS CONTENT

Leave A Response