म्यूजिक भिडियोमा माझी समुदायको कथा (भिडियो)

काठमाण्डौ। गायक दीपक तिवारीको स्वरमा रहेको नेपाली आधुनिक गीत ‘मानिसको चोला’को भिडियो रिलीज भएको छ । विकास चौधरीको संगीत रहेको गीतमा गायक स्वयंको शब्द रचना रहेको छ ।

मानव जीवनको यथार्थसँग सम्बन्धित यो गीतको भिडियो सागर चौहान ‘किरण’ले निर्देशिन गरेका हुन् । भिडियोमा केवल भुजेल र सोनी परियारको अभिनय रहेको छ । छायाँकार गणेश सापकोटा हुन् भने सम्पादक नेत्र गुरुङ्ग हुन् ।

भिडियोमा पश्चिम नेपालको पोखरामा रहेको एक माझी परिवारमा भएको अन्तरजातिय बिवाहपछि उत्तपन्न सामाजिक घटनालाई उतारिएको छ ।

भिडियो:

SHARE THIS CONTENT

Leave A Response