वसन्तको ‘हावा चल्यो’ मा वर्षा र अर्जुन (भिडियो)

गायक निशान भट्टराई र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘हावा चल्यो’ बोलको गीतमा बसन्त सापकोटाको संगीत रहेको छ । गीतको शब्द पनि सापकोटाले नै लेखेका हुन् ।

संगीतकार बसन्तकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा नायिका वर्षा राउत र अर्जुन गौतमको अभिनय रहेको छ । सुब्रतराज आचार्यको निर्देशनमा बनेको भिडियोमा प्रविण सिंहको करियोग्राफी रहेको छ ।

नवराज ज्ञावलीले खिचेको भिडियोलाई विकास ज्ञावलीले सम्पादन गरेका छन् । भिडियोमा साइब्रत आचार्य साहायक निर्देशकको रुपमा रहेका छन् । गीतको भिडियो आकर्षक बनेको छ ।

भिडियो :-

SHARE THIS CONTENT

Leave A Response