‘आमा’ को फस्टलुकमा यस्ती देखिइन् सुरक्षा

निर्देशक दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘आमा’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरले दर्शकको ध्यान खिच्ने खालको छ । भर्सटायल अभिनेत्रीको रुपमा चिनिएकी सुरक्षा पन्तको लुक्सले चकित बनाउनसक्छ । उनी कपालको आधा भाग कोटिएको अवस्थामा देखिएकी छन् । जहाँ उनलाई भावुक मुद्रामा देख्न सकिन्छ ।

अर्को पोस्टरमा उनीसँगै अभिनेत्री मिथिला शर्मा पनि फिचर्ड छन् । चलचित्रमा मिथिलाले सुरक्षाको आमाको भूमिका निभाएकी छन् । चलचित्रले एक छोरी र आमाको भावनात्मक सम्बन्धको कथा भन्ने निर्माण टिमले बताएको छ । ‘पशुपतिप्रसाद’ जस्तो यादगार चलचित्र पस्किएका दीपेन्द्रको एक्सन-कट रहेका कारण यो चलचित्रको दर्शकमा व्यग्र प्रतिक्षा छ । चलचित्र फागुन ९ मा प्रदर्शन हुँदैछ ।

निर्देशक खनालले ‘पशुपतिप्रसाद’ पछि आफूले मनछुने चलचित्र ‘आमा’ लिएर आउन लागेको बताएका छन् । उनी आफैंले चलचित्र खिचेका हुन् । भने, कथा पनि उनकै हो । सुरक्षा र मिथिलाका अलावा चलचित्रमा देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुषाल, टीका पहारीलगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको गीत भुपेन्द्र खड्काले लेखेका हुन् ।

शर्मिला पाण्डे निर्मिल चलचित्रको छायांकन काठमाण्डौ र रामेछापमा भएको हो । चलचित्रका सह–निर्मातामा सन्तोष अधिकारी छन् । सुभाष भुषालले चलचित्रको गीतमा संगीत भरेका छन् । दर्के झरी नपर्दा छायांकन सुरु भएको करीब ७५ दिनपछि चलचित्रको सुटिङ प्याकअप भएको थियो । डिएस डिजिटलको ब्यानरमा बनेको चलचित्रको अधिकांश दृश्य पानीमा खिचिएको छ ।

SHARE THIS CONTENT

Leave A Response