‘प्रेम संसार’ को ‘सुन सुन चम्पा’ गीतमा कविताको छमछमी (भिडियो)

मंसिर १३ गतेबाट प्रदर्शनमा लागेको चलचित्र ‘प्रेम संसार’ को लोक शैलीको गीत सार्वजनिक भएको छ । ‘सुन सुन चम्पा’ बोलको सार्वजनक गीतमा ‘बुगी वुगी’ विजेता कविता नेपालीसँगै चलचित्रका प्रमुख अभिनेता प्रेम सोनी र अभिनेत्री मोनिका दाहालले ठुम्का लगाएका छन् । गीतमा रामचन्द्र काफ्ले र जुनु रिजालको स्वर छ ।

अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतको कोरियोग्राफर एकेन्द्र सारा संसार हुन् । यस गीतलाई फिल्ममा कथावाचनको रुपमा प्रयोग गरिएको निर्देशक गौतमले जानकारी दिए । चलचित्रको हाइप निर्माणमा ‘सुन सुन चम्पा’ गीतले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास निर्माण टिमको छ । पारिवारिक प्रेमकथामा चलचित्र आधारित रहेको बताइएको छ ।


राम गौतम निर्देशित चलचित्रमा आयुष्मा कार्की, विविशा पाण्डे, राम गौतम, अर्जुन पौडेल, करण पौडेल, सुनिल वि.कलगायतका कलाकारहरुको पनि अभिनय छ । सोनी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रको कथा प्रेम बहादुर सुनार (गहतराज) ले लेखेका हुन् । भने, चलचित्रका निर्माता पनि उनी नै हुन् । दिपेन्द्र बस्न्यातले चलचित्र खिचेका हुन् ।

कमल सुनार र सीता सुनार पनि निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता उतम केसी र देविन गहतराज हुन् । यो चलचित्रमा शंखर महर्जनको एक्सन छ । अभिनेता प्रेम चलचित्रलाई लिएर आफू निकै उत्साहित रहेको बताउँछन् । उनले यही चलचित्रबाट अभिनयमा डेब्यू गर्न लागेका हुन् । गीतमा नृत्य गरे पनि कविताको चलचित्रमा भने अभिनय छैन ।

गीत हेर्नुहोस् :-

SHARE THIS CONTENT

Leave A Response