यशराजको ‘लभ यू हमेशा’ ट्रेलर सार्वजनिक (भिडियो)

भास्कर प्रधान निर्देशित त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र ‘लभ यू हमेशा’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा चलचित्रका प्रमुख अभिनेता यशराज गरच र अभिनेत्री द्वय फिजा योन्जन र ऋचा थापाबीचको प्रेम, रोमान्स र विछोडलाई देखाइएको छ । यो चलचित्र कात्तिक २२ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।

कात्तिक १५ गतेबाट भारतका विभिन्न शहरमा समेत प्रदर्शन हुन लागेको यो चलचित्रको निर्माण टीमले यतिबेला प्रचार-प्रचारलाई तीव्र बनाएको छ । चलचित्रका प्रमुख कलाकारहरुले राजधानीका सिंगल तथा मल्टिप्लेक्स हलमा पुगेर दर्शकलाई विभिन्न खेल खेलाउँदै पुरस्कार स्वरुप ‘लभ यू हमेशा’ अंकित कप, पेन तथा डायरी प्रदान गरिरहेका छन् ।


निर्देशक प्रधानकै लेखन रहेको चलचित्र यवन गुरुङले निर्माण गरेका हुन् । मिलन गुरुङ सह-निर्माता रहेको चलचित्रले फेसबुक प्रोफाइलमा ‘लभ यू हमेशा’ को फ्रेम राख्ने मध्ये हरेक हप्ता एकजना दर्शकलाई नगद २५ सयका साथमा बिभिन्न उपहार प्रदान गर्ने घोषणा गरेको छ । चलचित्र प्रदर्शनभन्दा दुई साताअघिबाट विजेताको नाम सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।

धर्मा क्रियशनको ब्यानरमा निर्माण भएको चलचित्र शिब ढकालले खिचेका हुन् । भारतको कालेबुङ, सिलगुढी तथा फिलिपिन्सका बिभिन्न स्थानमा खिचिएको चलचित्रमा गोपाल ढकाल ‘छन्दे’, शिशिर राणा,करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, सल्देन तामाङ, प्रमिला राईलगायतका कलाकारको पनि अभिनय छ । भने, मिलन श्रेष्ठको सम्पादन छ ।

ट्रेलर हेर्नुहोस् :-

SHARE THIS CONTENT

Leave A Response