उजुरीपछि दुर्गेशलाई प्रहरीले बोलायो

काठमाण्डौ। यसपटकको तीजमा गायक तथा मोडल दुर्गेश थापाले ‘बीच्च बीच्चमा’ बोलको गीत गाएर दर्शकलाई गज्जबको मनोरञ्जन दिलाए । सोहि गीतलाई तोडमोड गरेर चलचित्र ‘छ माया छपक्कै’ले प्रचारमा प्रयोग पनि गर्यो । लोक दोहोरी गीतमा चर्चित रहेका थापालई यो गीतले थप लोकप्रिय बनाउन मद्दत गर्यो ।

दुर्गेशले अरु गायक-गायिकाले भन्दा केहि फरक सोच राख्छन् । उनले गीतलाई बढि ‘कमर्शियल’ बनाउँछन् । उनले यतिबेला पुन: फरक सोचेका छन् । तर उनको त्यो सोच भने यतिबेला ‘फेल’ भएको छ । चाडवाड लक्षित गीत गाउने उनको तिहार गीतले उनलाई मज्जैले पछारेको छ । हरेक कलाकारको सफलता आम मानिससँग जोडिएको हुन्छ । दर्शक तथा श्रोताको प्रेरणा र सकारात्मक प्रतिक्रियाले कलाकार अघि बढ्न मद्दत पुग्छ । तर, यतिबेला दुर्गेशले ताली होईन गाली भेटेका छन् ।

उनको नयाँ गीत ‘हेप्पी तिहार, चिसो बियर’ले प्राप्त गरेका प्रतिक्रिया सहन नसकेपछि उनले कमेन्ट लुकाउन बाध्य बने । यति मात्र होइन यहि गीतका कारण उनि प्रहरीकोमा समेत पुग्नु परेको छ । उनको गीतले तिहार र देउसीको भावनामा ठेस पुर्‍‍याएको भन्दै जिल्ला प्रसाशन कार्यालयमा उजुरी परेको हो । प्रशासन कार्यालयले महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेपछि प्रहरीले उनलाई छलफलका लागि बोलाएको हो ।

दुर्गेशले एक बियर ब्राण्डबाट प्रायोजन गरी उक्त तिहार गीतको भिडियो बनाएका छन् । भिडियोमा गीत भन्दा बढि मादकपदार्थलाई प्रस्तुत गरिएको छ ।

SHARE THIS CONTENT

Leave A Response