पहिलो पटक हरर चलचित्रमा देखिँदै दीपिका

गएको वर्षको ब्लकबस्टर चलचित्र ‘पद्मावत’ पछि अभिनेत्री दीपिका पादुकोणले लामो समय कुनै फिल्म साइन गरिनन् । अभिनेता रणवीर सिंहसँग विवाहको लागि उनले डेट्स बचाएर राखेकी थिइन् । विवाहपछि उनले चलचित्र ‘छपाक’ गरिन् । उनको हालैमा नयाँ चलचित्र ‘महाभारत’ को घोषणा गरिएको थियो ।

यसबीच, दीपिकाले अर्को एउटा चलचित्र पनि साइन गरेकी छन् । यो एक हरर फिल्म हुनेछ । पहिलो पटक उनले हरर चलचित्रमा काम गर्न लागेकी हुन् । चलचित्रको नाम ‘अरुन्धती’ जुराइएको छ । यो अनुष्का शेट्टीको तेलुगू भाषामा बनेको चलचित्र ‘अरुन्धती’ को हिन्दी रिमेक हुनेछ ।


चलचित्रको कहानी एक यस्ती युवतीको हो, जो जीवनमा पहिलो पटक आफू जन्मिएको ठाउँमा जान्छिन् । तब उनलाई आफू निकै हदसम्म जिजु आमाजस्तै देखिन थालेको महशुस हुन्छ । त्यसपछि उनले कालो जादू र तन्त्र मन्त्रको त्यो दुनियाँमा पाइला राख्छिन्, जसले तपाईंलाई थ्रिलर र मिस्ट्रीको एक विल्कुलै अलग सफरमा लिएर जान्छ ।

चलचित्रको हिन्दी रिमेकको राइट्स खरिद गरिसकिएको छ । चलचित्रमा दीपिका पादुकोण ले लिड रोल निभाउनेछिन् । यो चलचित्रको बंगाली रिमेक पनि बनिसकेको छ । दीपिकाले हालैमा आफूले चाँडै कुनै डार्क रोमान्टिक फिल्म गर्न लागेको बताएकी थिइन् । उनी चाँडै श्रीमान् तथा अभिनेता रणवीर सिंहको श्रीमतीको रुपमा चलचित्र ‘८३’ मा देखिँदैछिन् ।

SHARE THIS CONTENT

Leave A Response