‘घामड शेरे’ सँगै प्रदर्शनमा आयो ‘जीवन काँडा कि फूल’

हेमराज विसी निर्देशित चलचित्र ‘घामड शेरे’ र सहित्यकार झमक घिमिरेको बायोपिक चलचित्र ‘जीवन काँडा कि फूल’ शुक्रबारबाट देशैभर प्रदर्शनमा आएको छ । ‘घामड शेरे’ मा ‘रियल कपल’ निश्चल बस्नेत र स्वस्तिमा खड्का प्रमुख भूमिकामा छन् ।

चलचित्रको कहानी विदेश रिर्टन्स ‘शेरे’ पात्र (निश्चल बस्नेत) को वरिपरि घुमेको छ, जो गाउँमा तरकारी खेत गर्ने सपना पालेर स्वदेश फर्किन्छ । तर, विदेशमा दुःख गरेर कमाएको पैसाले किनेको खेत खोलाले बगाएपछि उसले खोलालाई नै मुद्धा हाल्छ । के उसले मुद्धा जित्ला ? चलचित्रले यसैको जवाफ दिँदै विट मार्छ ।

चलचित्रमा निश्चल र स्वस्तिमा भेना र सालीको भूमिकामा छन् । निश्चलको श्रीमतीको भूमिका सुष्मा निरौलाले निभाएकी छन् । बिहीबार दिउँसो गरिएको चलचित्रको प्रिमियरमा फिल्मकर्मीले अभिनेता निश्चलको अभिनयको मुक्तकण्ठले प्रशंसा गरेका थिए । निर्देशक विसीको निर्देशकिय क्षमताको पनि तारिफ भएको थियो । गौरी मल्ल, बादल भट्ट, लोकेन्द्र लेखक, सरोज अर्याललगायतका पनि चलचित्रमा अभिनय छ ।

त्यस्तै, विनोद विष्ट निर्देशित चलचित्र ‘जीवन काँडा कि फूल’ ले साहित्यकार झमक घिमिरेको बाल्यकालदेखि हालसम्मको अरोह-अवरोहलाई प्रस्तुत गरेको छ । झमक स्वंमले लेखेको पुस्तक ‘जीवन काँडा कि फूल’ माथि आधारित भएर यो चलचित्र बनेको हो । चलचित्रमा झमक सानो छँदाको भूमिकामा सिलगुडीकी अवस्था थापा र ठूला हुँदाको भूमिका काठमाडौंकी रोजिता बुद्धचार्यले अभिनय गरेका छन् ।

SHARE THIS CONTENT

Leave A Response