यस्तो छ ‘सरौतो’ मा भिटेनको र्‍याप (भिडियो)

युवापुस्तामाझ निकै चर्चित र्‍यापर हुन्, समिर घिसिङ ‘भिटेन’ । पछिल्लो समय ‘हामी यस्तै त हो नि ब्रो’ गीतका कारण चर्चामा रहेका उनले आउँदो मंसिर १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सरौतो’ को प्रमोशनल र्‍याप गीतमा आवाज भरेका छन् । उनले पहिलो पटक चलचित्रको गीत गाएका हुन् । बिहीबार साँझ युट्युबमा सार्वजनिक गरिएको गीतको भिडियोमा भिटेन स्वयं फिचर्ड छन् ।

चलचित्रका प्रमुख कलाकारहरु सुमी मोक्तान र विजय लामा पनि प्रस्तुत गीतमा भिटेन स्वयंको शब्द तथा संगीत छ । गीतले ‘अन्यायको डटेर प्रतिबाद गर्नुपर्छ’ भन्ने भाव बोकेको छ । इन्टरनेट रिलिजसँगै भाइरल भएको यो गीतले चलचित्रको इनिसियल व्यापारमा फाइदा पुग्ने विश्वास निर्माण टिमको छ । चलचित्रको थिमअनुसार गीत तयार पारिएको निर्देशक हरि हुमागाईंले बताए ।


उत्तम हुमागाईंले खिचेको ‘सरौतो’ मा सुमी र विजयका अलावा सन्नी सिंह, लियो ट्यांक, युवराज लामा, धिरेन शाक्य, आमिर गौतमलगायतको पनि अभिनय छ । बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको चलचित्रमा राघव कृष्ण गौतमको लेखन छ । निर्देशक हुमागाईंको यो डेब्यू निर्देशित चलचित्र हो ।

बदलाको कथामा निर्माण भएको चलचित्रमा अभिनेत्री सुमीलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । ट्रेलर सार्वजनिक भएपछि धेरैले उनलाई एक्सनमा सम्भावना बोकेको अभिनेत्रीको रुपमा हेरेका छन् । उनले यही चलचित्रबाट लिड रोलमा डेब्यू गरेकी हुन् । निमेष श्रेष्ठको सम्पादन र शंकर महर्जनको एक्सन रहेको चलचित्रमा राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत रहेको छ ।

गीत हेर्नुहोस् :-

SHARE THIS CONTENT

Leave A Response