‘सेल्फी किङ्ग’मा विपिनको नयाँ लुक्स


काठमाण्डौ। अभिनेता विपिन कार्कीको नयाँ लुक्स सहित चलचित्र ‘सेल्फी किङ्ग’को पोस्टर रिलीज भएको छ । यो चलचित्र माघ २४ गते रिलीज हुनेछ ।

विशाल सापकोटाले निर्देशन गरेको यस चलचित्रको शिर्ष भूमिकामा विपिन कार्कीको अभिनय रहेको छ । उनका अलावा चलचित्रमा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहेको भने अभिनेत्री केकी अधिकारीले विशेष भुमिकामा अभिनय गर्नेछिन् ।

ड्रामा र कमेडी जनरामा बन्ने चलचित्रले एक चर्चित हाँस्य कलाकारले पाएको सफलता र व्यक्तिगत जीवनबीचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा भन्नेछ । निर्देशक विशालकै लेखन, सुसन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन र निर्मल लामाको कोरियोग्राफी रहने चलचित्रको सह-निर्मातामा राजेश बिसुराल र प्रवल कोइराला छन् ।

चलचित्रलाई दिनेश राउतसँग सहकार्य गरेर सुवास थापाले निर्माण गरेका हुन् ।

SHARE THIS CONTENT

Leave A Response