‘लभ यू हमेशा’ गीतमा ऋचासँग रोमान्टिक यशराज (भिडियो)

भाष्कर प्रधानको निर्देशनमा बनेको रोमान्टिक-लभस्टोरी जनराको चलचित्र ‘लभ यू हमेशा’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘यो हावा किन चल्छ ?’ बोलको गीतमा मेलिना राई र सुधिर राईको स्वर छ । भने, भासुले शब्द सिर्जेका छन् । गीतमा संगीत पनि उनकै छ ।

गीतको भिडियोमा चलचित्रका प्रमुख अभिनेता यशराज गरच र नव-अभिनेत्री ऋचा थापा प्रेमिल मुद्रामा देखिएका छन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियो शिव ढकालले खिचेका हुन् । फिलिपिन्सका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको यो गीतलाई चलचित्रमा कथावाचनको रुपमा प्रयोग गरिएको निर्देशक प्रधान बताउँछ ।

मंसिर १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको ‘लभ यू हमेशा’ मा यशराज र ऋचाका अलावा फिजा योन्जन, शिशिर राणा, गोपाल ढकाल (छन्दे), पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङलगायतका कलाकारहरुको अभिनय रहेको छ । धर्मा क्रिएसनको ब्यानरमा यवन गुरुङको प्रस्तुतिमा चलचित्र बनेको हो । मिलन गुरुङ चलचित्रका सह-निर्माता हुन् ।

भारतको कालेबुङ, सिलगुडी तथा काठमाडौंमा सुटिङ भएको चलचित्रको कथा निर्देशक भास्करकै हो । एनवि महर्जनको द्वन्द्व रहेको चलचित्रको सम्पादन मिलन श्रेष्ठले गरेका हुन् । गीत सार्वजनिक कार्यक्रममा अभिनेता यशराजले चलचित्रको कथावस्तु निकै राम्रो रहेको बताउँदै दर्शकलाई एकपटक हेरिदिन आग्रह गरे । अभिनेत्री ऋचाले पनि चलचित्र राम्रो बनेको बताइन् ।

गीत हेर्नुहोस् :-

SHARE THIS CONTENT

Leave A Response