‘सम्झना बिर्सना’ मा छुल्ठिमको प्रवेश

अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको प्रमुख भूमिका रहने चलचित्र ‘सम्झना बिर्सना’ मा अभिनेत्री छुल्ठिम गुरुङको प्रवेश भएको छ । चलचित्र ‘नोभेम्बर रेन’ मा ‘डल्ली’ को चरित्र निभाएपछि चर्चामा आएकी उनको यो चलचित्रमा प्रमुख भूमिका रहने बताइएको छ । निमेष प्रधानको निर्देशनमा बन्न चलचित्रको अहिले भारतको सिलिगुडीमा छायांकन भैरहेको छ ।

यस चलचित्रमा पूजा, आकाश र छुल्ठिमसँगै सुनिल थापा, शिशिर राणा, मेनुका प्रधान, मदन भुजेललगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ । आदित्य प्रधान र रेविका प्रधानको लगानीमा चलचित्र बन्न लागेको हो । आदित्य फिल्मसको व्यानरमा निर्माण भैरहेको चलचित्रलाई शिव ढकालले खिचिरहेका छन् । वेस्ट बेंगलका रमणीय स्थानमा चलचित्र खिचिने बताएको छ ।

‘सम्झना बिर्सना’ को कथावस्तु र आफ्नो भूमिका राम्रो लागेर चलचित्र गर्न राजी भएको छुल्ठिमले बताइन् । एकपछि अर्को चलचित्रबाट असफलता भोग्दै आएकी उनी यो चलचित्रले करिअरलाई एउटा उचाई दिलाउनेमा आशावादी छिन् । त्यस्तै, पूजा र आकाश चौथो पटक सहकार्य गर्न पाउँदा खुसी छन् । चलचित्रको कथा राम्रो भएका कारण दर्शकलाई मन पर्नेमा उनीहरुको पूर्ण विश्वास छ ।

SHARE THIS CONTENT

Leave A Response