सिमरन र निश्चल बने ‘रनवे ड्रिम्स’को शिर्ष विजेता

काठमाडौं। ‘रनवे ड्रिम्स २०१९’को शिर्ष उपाधि सिमरन चौधरी र निश्चिल न्यौपानेले जितेका छन् । सिमरनले ८ प्रतियोगिलाई पछि पार्दै केटी तर्फ र निश्चलले १९ प्रतियोगिलाई पछि पर्दै केटा तर्फको शिर्ष उपाधि बिजेता बनेका हुन् । कार्यक्रममा दुबै बिजेताले आयोजकको तर्फबाट नगद एकलाख बराबरको बिभिन्न अवसरका प्याकेज हात पारेका छन् ।

‘ड्रिम्स इन्टिच्युटअफ मोडलिङ फेसन’को आयोजनामा शुक्रबार अबेर साँझ सम्पन्न प्रतियोगितामा केटी तर्फ दिब्या शाह फष्टरनरअप र रीना गर्सियता सेकेन्ड रनरअफ चुनिदा केटा तर्फ मनोज मान फष्टरनर अप र आभाष भट्टराई सेकेन्ड रनरअप घोषित भए ।

प्रतियोगिता युवायुवतीलाई उत्कृष्ट प्रशिक्षण सहित भबिश्यमा मोडलिङ र फेसनको जुनै पाटोमा पनि सक्षम रुपमा अगाडि बढाउदै उज्वल भबिश्य निर्माणमा सक्षम बनाउने उदेश्य रनवे ड्रिम्स प्रतियोगिता आयोजना भएको आयोजक ‘ड्रिम्स इन्टिच्युटअफ मोडलिङ फेसन’की सिइयो मन्जु ढकालले बताइन् ।

SHARE THIS CONTENT

Leave A Response