कस्तो छ ‘चपली हाइट ३’ मा अर्पणको लुक्स ?

गएको केही दिनदेखि छायांकन भैरहेको चलचित्र ‘चपली हाइट ३’ मा भर्सटायल अभिनेता अर्पण थापाको प्रवेश भएको छ । उनको प्रवेशसँगै चलचित्रमा कलाकारको लाइनअप बलियो भएको छ । निकेश खड्काको निर्देशनमा निर्माण भैरहेको चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतिक श्रेष्ठलगायतको प्रमुख भूमिका छ । चलचित्रका निर्माता अर्जुन कुमार हुन् ।

हालसालै चलचित्र ‘लप्पन छप्पन २’ को छायांकन भ्याएका अभिनेता अर्पण थापाले ‘चपली हाइट ३’ मा नेगेटिभ रोल निभाउँदैछन् । सोमबार निर्माता अर्जुनले उनको लुक्स सार्वजनिक गरेका छन् । आँखामा गोलो आकारको चश्मा लगाएका उनको मुखको बाहिरी (तल्लो) भागमा सर्जरी गरेको खाटा देख्न सकिन्छ । उनको लुक्सले नै दर्शकलाई चलचित्रप्रति कौतुहलता बढाएको छ ।

आउँदो चैत २८ गते चलचित्र ‘प्रेमगीत ३’ सँग भिड्न लागेको यो चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचिरेहका छन् । निर्माता अर्जुनले अघिल्ला दुई सिरिजभन्दा ‘चपली हाइट ३’ फरक कथामा बन्न लागेको बताए । तर, चलचित्रमा दर्शकले सस्पेन्स र थ्रिल पाउने उनको दाबी छ । निर्देशक निकेशसँग यसअघि अर्जुनले सौगात मल्ल स्टारर चलचित्र ‘फाटेको जुत्ता’ मा सहकार्य गरेका थिए ।

SHARE THIS CONTENT

Leave A Response