‘पर्खी बसे फर्कि आउँछु’ मा प्रेम र समिक्षाको जोडी

चलचित्र ‘नाईं नभन्नू ल २’ को ‘मर्ने कसैलाई रहर हुँदैन’ जस्तो चर्चित गीतका गायक प्रेम परियार अब चलचित्रको हिरो बनेका छन् । केही वर्षयता आवाजमा आएको परिवर्तनका कारण गीत गाउन कम गरेका उनले ‘पर्खी बसे फर्कि आउँछु ’ नामक चलचित्रबाट अभिनय करिअर सुरुवात गर्न लागेका हुन् । यो चलचित्रको सोमबार दाङको तुलसीपुरमा शुभ मुहूर्त गरियो ।

‘वीराङ्गना’ फेम्ड निर्देशक राज बहादुर सानेको एक्सन-कट रहने चलचित्रको मुहूर्तसँगै सोमबारबाट छायांकन पनि सुरु भएको छ । पुर्व उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक गिरीको प्रमुख आतिथ्यता रहेको मुहूर्त कार्यक्रममा चलचित्रका प्रमुख कलाकारहरु प्रेम परियार, समिक्षा बस्नेत र देव सागरले मुहूर्त सट दिए । चलचित्रमा प्रेमसँग समिक्षाको जोडी बाँधिएको छ ।

रोशन कुमार थापा प्रस्तुतकर्ता रहेको चलचित्रमा यम कान्त भण्डारी निर्माता र एकराज थापा सह-निर्माता रहेका छन् । प्रेमकथामा निर्माण हुने चलचित्रमा पदम तामाङ, सुशिल गौतम, सुशिल पोखरेल, दिपक थापा, शुभम गौतम, डा.लोकराज पराजुली, हेमराज विसीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । चलचित्रलाई यसै वर्ष प्रदर्शन गर्ने तयारी निर्माण टिमको छ ।

एउटी अपाङ्ग युवतीको यौवन अवस्थामा हुने रहर र जीवन संघर्षको कथा चलचित्रले बोल्ने निर्देशक राज बहादुर सानेले बताए । चलचित्रमा कविराज गहतराज, रामजी लामिछाने, राजकुमार वैश्य र राजन महर्जनको कोरियोग्राफी रहनेछ । बसन्त सापकोटा/एलिस कार्की/कृष्ण भारद्वाज/कर्साङ्ग लामाको संगीत र सानु कुमार महर्जनको द्वन्द रहने चलचित्रलाई अरुण सुनारले खिच्नेछन् ।

SHARE THIS CONTENT

Leave A Response