कान्छो निर्देशकको परिचय बनाउँदै उत्सव

BFF

देशकै कान्छो निर्देशकको रुपमा चिनिदै छन्  १९ बर्षिय उत्सव थपलिया । मंगलबार राजधानीमा एक कार्यक्रमका बीच उनले निर्देशन गर्न लागेक फिल्म “बेस्ट फ्रेन्ड फरएभर” को औपचारिक घोषणा गरिएको छ । यसअघि डकुमेन्ट्री निर्देशन गरीसकेका थपलिया पहिलो पटक ठुलोपर्दाको फिल्म निर्देशन गर्न लागेका हुन् ।

प्यासन इन्टरटेन्मेन्टको ब्यानर र एलिजा इन्टरनेशनलको संयुक्त ब्यानरमा निर्माण गर्न लागिएको सो फिल्मको कथा १९ बर्षकै लोचन आचार्यले लेखेका छन् । “बेस्ट फ्रेन्ड फरएभर”मा  नया युवा पुस्ताहरु बीचको  मित्रता देखाउन खोजिएको बताईएको छ ।

ओशन श्रेष्ठ, रिमा शाही, सिम्रन लुइटेल, सृजना पोख्रेल, निशा बुढाथोकी, आरुस गुरुङ, एवन उप्रेती, मनिष न्यौपाने, बिक्की फैजु, राजन पुरी, हिमाल खत्री र अन्य कलाकार रहने सो फिल्मका सबै पात्र नयाँ अनुहार रहेको छ  ।  आफु नयाँ भएकोले सबै कलाकार नयाँ लिएर काम गर्न सजिलो हुने उत्सवको ठम्याई छ । अर्को चलचित्रमा पुरा‍ना कलाकारसँग काम गर्ने उनले बताए ।

उनले आफुलाई १९ बर्षको फुच्चे केटोले के नै गर्न सक्छ र भन्ने किसिमले हेप्ने गरेकोले त्यस्ता मान्छेहरुको लागि आफुले राम्रो काम गरेर फिल्म बनाउने दाबी गरे । एसान अलीको लगानीमा निर्माण हुने सो फिल्मको कार्यकारी निर्मातामा रेखा घिमिरे रहेकी छिन् । दिनेश श्रेष्ठले खिच्ने सो फिल्ममा गोविन्द राइको कोरियोग्राफी रहनेछ भने उक्त फिल्मलाई सोम जिसीले मुख्य सहायक निर्देशन गर्दै छन् ।

SHARE THIS CONTENT

Leave A Response