बलिउड अभिनेत्री लारा दत्त लामो समय पछि बलिउडको पर्दामा फेरी देखिने भएकी छिन् । चलचित्र ‘अन्दाज’बाट बलिउडक्षेत्रमा भित्रिएकी लारा दत्त आफैले निर्माण गर्न लागेको चलचित्र ‘चलो दिल्ली’बाट अभिनयमा फर्कन लागेकी हुन् ।
लाराले यस चलचित्रमा अक्षय कुमारसंग अभिनय गर्ने छिन् । यस भन्दा अधि आफ्नो पहिलो चलचित्र ‘अन्दाज’मा लाराले अक्षयसंगै नै अभिनय गरेकी थिइन । लाराले निर्माण गर्न लागेको ‘चलो दिल्ली’लाई प्रभु देवाले निर्देशन गर्ने भएका छन् । चलचित्र आगामी अक्टोबरमा प्रदर्शन गर्ने तयारीका साथ निर्माण प्रकिया अघि बढाएको छ ।