ठुलोपर्दा डटकम, काठमाण्डौ।
एक्शन नायक रेश मरहठ्ठाले इंगेजमेन्ट गरेका छन् । खासै सफल नायकको रुपमा आफुलाई स्थापित गराउन असफल रेशले शनिबार राती प्रेमिका आश्मी अधिकारीसँग हिमालय होटलमा इंगेजमेन्ट गरेका हुन् । करिब ३ बर्षदेखी प्रेमसम्बन्धमा रहेका रेश र आश्मीले अन्तत २०७२ सालमा बिबाह गर्ने गरि इंगेजमेन्ट गरेका छन् ।
केहि दिन भित्रमानै पिएचडी गर्न अमेरिका जान लागेकी आश्माले सिक्किम मणिपाल कलेजबाट बायोटेकमा मास्टर्स गरेकी छिन् । अब पिएचडी गर्न अमेरिका जान लागेकी आश्मीका अनुसार बिबाह पनि अमेरिकामा नै हुनेछ । आश्मी चर्चित र्यापर यमबुद्धकी कान्छी बहिनी हुन् । पिँजडा चलचित्रबाट नेपाली चलचित्रमा डेब्यू गरेका रेशले अहिलेसम्म करिब २ दर्जन बढि चलचित्रमा अभिनय गरिसकेका छन् भने करिब २० वटा बढि म्युजिक भिडियोमा काम गरिसकेका छन् ।
उनले अभिनय गरेको पछिल्लो चलचित्र मिसन पैसा रिलोडेड हो भने उनले निर्माण गरेको चलचित्र ‘च्यालेन्ज’ रिलिजको तयारीमा रहेको छ ।