ग्लोबल मुभी फेस्टमा पहिलोपटक नेपाली चलचित्र



globalअमेरिकाको सानफ्रान्सिस्को ग्लोबल मुभी फेस्टमा पहिलोपटक नेपाली चलचित्र सहभागी हुने भएको छ । २१ वर्षदेखि चलचित्र महोत्सव गर्दै आइरहेको फेडरेसन अफ इन्डो अमेरिकनले पहिलोपटक नेपाली कलाकार र चलचित्रलाई सहभागी गर्न लागेको हो । महोत्सव आगामी अगस्ट ७ देखि १६ सम्म चल्नेछ ।

आयोजकले गोरखा इन्टरनेसनन ग्रुप एलएलसी अमेरिका अध्यक्ष तथा तेक्वान्दो प्रशिक्षक प्रकाश थापालाई महोत्सवको ग्लोबल डाइरेक्टरमा मनोनित गरेको छ । थापालाई फेडरेसन अफ इन्डो अमेरिकन सानफ्रान्सिस्कोका अध्यक्ष आरके झाप्राले सम्मान गर्दै गत महिना ग्लोबल डाइरेक्टरमा मनोनित गरेका थिए । महोत्सवमा विश्वका ३० भन्दा बढी देशका छोटा, फिचर र डकुमेन्ट्री चलचित्रले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

नेपालबाट अहिलेसम्म ‘चकलेट’ र ‘टाटा बाइबाई’ले सहभागिता जनाउने निश्चित भएको निर्देशक थापाले जानकारी दिए । ‘अरु नेपाली चलचित्रका विषयमा पनि कुराकानी भइरहेको छ । महोत्सवमा सुनिल थापा र पूजना प्रधान सहभागी हुने निश्चित भएको छ,’ उनले भने । १० दिनसम्म चल्ने महोत्सवमा ३ सयवटा चलचित्र, सयवटा फिचर चलचित्र प्रदर्शन हुनेछन् । १५ देशका जुरीहरुको निर्णयबाट उत्कृष्ट चलचित्र छानिएर पुरस्कृत गर्ने थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu