नायिका करिश्मा मानन्धर भूकम्पपिडितलाई सघाउने क्रममा ध्यान र धर्म कर्ममा सक्रिय हुँदै



karishma-manandhar

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नायिका करिश्मा मानन्धर भूकम्पपिडितलाई सघाउने क्रममा ध्यान र धर्म कर्ममा पनि सक्रिय हुन थालेकी छिन्। भूकम्पपिडितलाई सघाउने क्रममा भारतकी ख्यातिप्राप्त माता साधवी ऋतम्भरासँगको संगतसँगै करिश्मा ध्यान र प्रवचनमा पनि सक्रिय हुन थालेकी हुन्। उनी यतिखेर ऋतम्भराले आगामी सोमबार राजधानीमा दिने विशेष ध्यान शिवीरको तयारीमा जुटेकी छिन्।

करिश्मालगायतका कलाकारहरुको सहयोग र सल्लाह तथा समन्वयमा साधवी ऋतम्भरा आफुले भूकम्पले घरबारबिहीन बन्न पुगेका राजधानीका पिडीतहरुका लागि निर्माण गरिदिँदै गरेको टहरा घरको निरीक्षण गर्न सोमबार पूनः काठमाडौं आउँदै छिन्। करिश्मालगायतका कलाकारको समन्वयमा ऋतम्भराले आफ्नो धार्मिक संस्था परमशक्तिपीठ नेपाल सेवा समितिका तर्फबाट राजधानीको धर्मस्थलीस्थित चौगाउाका पिडितहरुका लागि ७५ घर टहरा निर्माण गरिरहेको छ। करिश्माका अनुसार लामो समय बस्न मिल्ने गरी निर्माण भईरहेका घरहरुको निर्माण कार्य बजारमा देखिउको निर्माण सामग्रीको अभावका कारण सुस्त हुन पुगेको छ। उनका अनुसार हालसम्म २० घरमात्र निर्माण सम्पन्न भएको छ भने निर्माण सामग्रीको जोहो गर्न ऋतम्भराको संस्थाका पदाधिकारीहरु स्वयं लागि परेका छन्।

सोमबार राजधानी आईपुग्ने माता ऋतम्भराले सोही दिन चौगाउँमा बनिरहेका घर टहराहरुको निरीक्षण गर्ने नायिका मानन्धरले जानकारी गराएकी छिन्। उनका अनुसार माता ऋतम्भराले त्यसै दिन भूकम्पले आत्तिएको मनलाई सम्हाल्न तथा ध्यानप्रति आकषिर्त गर्न सोही दिन साँझ राजधानीमा विशेष प्रवचन दिनेछिन्। अग्रवाल सेवा केन्द्रको संयुक्त तत्वाधानमा वत्सल्यमुर्ति माता साधवी ऋतम्भराले कमलपोखरीस्थित अग्रवाल सेवा केन्द्रमा साँझ ६ बजे विशेष प्रवचन दिने नायिका मानन्धरले जानकारी गराएकी छिन्। परमशक्तिपीठ नेपाल सेवा समितिमा उद्योगपति राजेन्द्र खेतान संरक्षक छन् भने नायिका मानन्धर सह संयोजक छिन्। उनका पति विनोद मानन्धर सदस्य छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu