‘परस्त्रीसँग नाम नजोडिएको, स्वस्त्रीसँग नाता नतोडिएको मात्रै प्रधानमन्त्री’



ठुलोपर्दा डटकम, काठमाण्डौ।
केहि दिन अगाडी कृषिमन्त्री हरिप्रसाद पराजुलीलाई पनि व्यंग्य गरेर चर्चामा रहेका हाँस्य कलाकार मनोज गजुरेलले नेपाली राजनितिलाई व्यंग्य गर्दै ‘उमेर नढाटेको, पचास नकाटेको, बोली प्रष्ट, शरीर स्वस्थ र स्मरण शक्ति चुस्त रहेको, परस्त्रीसँग नाम नजोडिएको, स्वस्त्रीसँग नाता नतोडिएको तथा कम्तिमा तीन पटकसम्म विपस्यना ध्यानको कोर्स पुरा गरेको नेपाली नागरिकमात्र संघीय गणतन्त्र नेपालको प्रधानमन्त्री बन्न पाउनेछ’ भनेर आफ्नो फेसबुकमा लेखेपछि उनी फेरी एकपटक चर्चामा आएका छन् ।

संविधान निर्माण भएपछि राष्ट्रिय सरकार बन्ने विषयलाई ब्याग्य गर्दे गजुरेलले आफ्नो आधिकारिक फेसबुकमा लेखेका छन्, ‘कम्तिमा कृषि, अर्थ, परराष्ट्र बिषयमा पिएचडी गरेको, शिक्षा तथा स्वास्थ्मा मास्टर्स तथा पर्यटन प्रवद्र्धनको ब्यवहारिक ज्ञान भएको, पाँच वटा अन्तर्राष्ट्रिय भाषा बोल्ने, पच्चिस वटा नेपाली राष्ट्र्यि भाषा बुझ्ने, उकालो हिड्न सक्ने, ओरालो झर्न सक्ने, तेर्सो दौडिन सक्ने, उमेर नढांटेको, पचास नकाटेको, बोली प्रष्ट, शरीर स्वस्थ, र स्मरण शक्ति चुस्त रहेको, परस्त्रीसँग नाम नजोडिएको, स्वस्त्रीसँग नाता नतोडिएको तथा कम्तिमा तीन पटकसम्म विपस्यना ध्यानको कोर्स पुरा गरेको नेपाली नागरिकमात्र संघीय गणतन्त्र नेपालको प्रधानमन्त्री बन्न पाउनेछ’ भन्दै गजुरेलले व्यंग्य गरेका छन् ।

नेपालको प्रधानमन्त्री हुने ब्यक्तिको शैक्षिक, नैतिक र बैयक्तिक योग्यता…

Posted by Manoj Gajurel on Tuesday, July 7, 2015

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu